काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिए



काठमाडौं– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ५२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २२५, ललितपुरमा २३ र भक्तपुरमा ४ जनालाई कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ । ४० हजार ६ सय ८१ एक्टिभ केस रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कारोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । इोसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेकने संख्या ८ सय ७६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्