आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति : प्रधानमन्त्री ओली 



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानका लागि चुनौति भएको बताएका छन्। बालगुरु आदित्य दाहालको पुस्तक कलियुगको आदित्य एवं ज्योतिपथ पुस्तकको अंग्रेजी संस्करणको शनिबार विमोचन गर्दै प्रधानमन्त्री ओलीले ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य भए पनि आदित्यले स्रोत बिना ज्ञान प्राप्त गर्नु अनौठो विषय भएको बताए। 

“ज्ञान प्राप्तीका लागि स्रोत अनिवार्य छ”, प्रधानमन्त्री ओलीले भने, “आदित्यसमा बिना स्रोतको ज्ञान प्राप्त भएको छ। विज्ञानका लागि आदित्यको यो क्षमता असाधारण चुनौति हो।”

प्रधानमन्त्री ओलीले नेपाल देव भूमि, तपो भूमि र ज्ञान भूमि भएकोले आदित्य जस्ता प्रतिभावानहरूको यहाँ जन्म भएको बताए। प्रधानमन्त्री ओलीले विश्वका बैज्ञानिकहरूलाई  आदित्यको स्रोत बिनाको ज्ञानका बारेमा अध्ययन गरेर निस्कर्ष दिन पनि आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस्