फ्रान्समा चक्कु प्रहारबाट दुई जनाको मृत्यु



पेरिस : फ्रान्सको दक्षिणी शहर निसमा चक्कु आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको जनाइएको छ। घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन्।

प्रहरीले गोली हानेर हमलाकारीलाई नियन्त्रणमा लिएको विवरण प्राप्त भएको छ। एउटा अपुष्ट समाचारका अनुसार पीडितमध्ये एक महिलाको शिरछेदन गरिएको छ।

सो शहरका प्रमुख क्रिस्टियाँ एस्ट्रोजफीले त्यसलाई ‘आतङ्कवादी हमला’ भनेका छन्। फ्रान्सका आन्तरिक मामिलामन्त्रीले घटना भएको ठाउँतिर नजान मानिसहरूलाई अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्