देउवाले बोलाए शीर्ष नेताहरुको बैठक



काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् ।

२१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि सभापति देउवाले पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो भने १९ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको थियो ।

तर, केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि बैठक प्रभावित भएको थियो ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्