काठमाडौंमा छुरा प्रहारबाट युवकको मृत्यु



काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ ।

छुरा प्रहारबाट मृत्यु हुनेमा टोखा नगरपालिका–५ धापासी बस्ने गोरखा घर भएका आशिष मगर रहेको प्रहरीले जनाएको छ ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अज्ञात समूहले एक्कासी छुरा प्रहार गर्दा उनी गम्भीर घाइते भएका थिए । उनको चिरायु अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ भने छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : कात्तिक १४, २०७७

प्रतिक्रिया दिनुहोस्