देशभर चिसो बढ्दै, काठमाडौंको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस



काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर विस्तारै चिसो बढ्दै गएको जनाएको छ ।

स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रमा आंशिक बलदी भए पनि देशका अधिकांश क्षेत्रको मौसम शनिबार सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मुलुकमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाउँदै महाशाखाले विस्तारै चिसो बढ्दै जाने क्रममा रहेको जनाएको छ ।

शनिबार बिहान मौसम बुलेटिन जारी गर्दै अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ । शनिबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

राति प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आइबार प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै सोमबार देशका पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य पहाडी भूभागमा आंशिक बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । साथै राती देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार अब क्रमिक रुपमा चिसो बढ्दै जाने छ । तापक्रम कम हुने क्रम जारी रहेकाले चिसो बढ्दै जाने उनले बताए । शनिबार बिहान काठमाडौंको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस मापन भएको छ ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्