होम आइसोलेसनमा बसेका पूर्वी नवलपरासीका दुईजना कोरोना संक्रमितको मृत्यु



चितवन : होम आइसोलेसनमा बसेका दुई जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–२ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका– ६ का ६७ वर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईका अनुसार दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भइरहेको छ ।

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्