विश्वकै ठूलो विमानले गर्‍यो पहिलो उडान



बीबीसी : विश्वकै सबैभन्दा ठूलो भनिएको विमानले पहिलो पटक उडान गरेको छ । स्ट्रेटोलञ्च नामक कम्पनीले निर्माण गरेको विमानले आइतबार पहिलो उडान गरेको हो । सफ्टवेयर निर्माता कम्पनी माइक्रोसफ्टका सह–संस्थापक पल एलनले सन् २०११ मा उक्त कम्पनीको स्थापना गरेका थिए । यो विमानलाई सेटेलाइटको ‘लन्च प्याड’ का रूपमा तयार गरिएको छ । विमानको मुख्य उद्देश्य अन्तरिक्षमा सेटेलाइट छोड्नुअघि १० किलोमिटरसम्म उड्नु हो । 

विमानको तीन सय ८५ फिट लामो पंखा अमेरिकी फुटबल मैदान जति नै ठूलो छ । यो परियोजना सफल भए अन्तरिक्षमा कुनै वस्तु पठाउन जमिनबाट रकेटबाट पठाउँदा लाग्ने आर्थिक व्ययभार सस्तो हुने बताइएको छ । 

यो विमानमा दुई वटा एयरक्राफ्ट बडी छ । जुन आपसमा जोडिएका छन् भने यसमा छ इञ्जिन छन् । विमान आफ्नो पहिलो उडानमा १५ हजार फिट उचाइसम्म पुगेको छ । यसको अधिकतम गति एक सय ७० माइल प्रति घण्टा मापन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्