आईपीएलमा आज दुई खेल हुँदै : दिल्लीलाई प्ले अफ पुग्ने मौका



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुने भएको छ।आज हुने पहिलो खेलमा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्दैछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्ली र मुम्बईबीचको खेल नेपाली समय अनुसार अप न्ह ३:४५ बजे सुरु हुनेछ ।१२ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली तेस्रो स्थानमा रहेको छ ।

श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली मुम्बईलाई हराएर प्ले अफमा पुग्न चाहन्छ ।यता केइरन पोलार्डको कप्तानीमा मैदान उत्रने मुम्बई दिल्लीलाई हराएर सिधै क्वालिफायर खेल्न चाहन्छ ।

यस्तै आईपीएलअन्तर्गत आजै हुने दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्दैछ ।

सारजाह क्रिकेट मैदानमा बैंगलोर र हैदराबादबीचको खेल नेपाली समय अनुसार साँझ ७स्४५ बजे सुरु हुनेछ । बैंगलोर १२ खेलमा ७ जितसहित १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

बैंगलोर हैदराबादलाई हराएर प्ले अफ पुग्न चाहन्छ । यता, हैदराबादका लागि भने यस खेल महत्वपूर्ण रहेको छ । प्ले अफ सम्भावना कायम राख्ने हैदराबादलाई जित बाहेक अन्य विकल्प छैन ।

हैदराबादले १२ खेलमा १० अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्