बुन्डेसलिगामा आज पाँच खेल हुँदै



काठमाडौं : जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेलहरु हुँदैछ। बायर्नले उसैको मैदानमा एफसी कोल्नसँग खेल्नेछ । बायर्न ५ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । २ अंक जोडेको कोल्न १८ औं स्थानमा रहेको छ ।

यस्तै शीर्ष स्थानको लाइपजिगले बोरुसिया मुन्छेनग्लाडबाखसँग,डर्टमण्डले अर्मिनियासँग, माइन्ज र आउग्सबर्गबीच प्रतिस्पर्धा हुँदा आइनट्राख्ट फ्रान्कफुर्टले भेरडाआ ब्रेमेनसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्