कोरोना संक्रमणबाट बाँके र सुर्खेतमा एक–एक जनाको मृत्यु



काठमाडौं : कोरोना संक्रमणबाट बाँके र सुर्खेतमा एक–एक जनाको मृत्यु भएको छ ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा टिकापुर नगरपालिका–१ कैलालीका ६० वर्षीय पुरुषको शनिबार राति १ बजे र सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा भेरीगंगा नगरपालिका–१२ सुर्खेतका ३२ वर्षीय पुरुषको शनिबार राति ११ बजे मृत्यु भएको हो ।

कात्तिक १४ गते प्रि–आइसोलेसन वार्डमा भर्ना भएका कैलालीका पुरुषमा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना देखिएपछि कोभिड वार्डमा सारेर उपचार भइरहेको उनको शनिबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

यसैगरी सुर्खेतका पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पतालमा पुर्याएको एक घण्टामै मृत्यु भएको थियो ।

तीन दिन अगाडि मात्रै पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, कोहलपुरमा भेन्टिलेटर अभाव भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पतालमा शनिबार राति १० बजे पु¥याइएको थियो ।

अस्पतालमा आएको एक घण्टाभित्रै उनको मृत्यु भएको डा. केसीले बताए । उनी पहिलेदेखि नै मानसिक रोगी भएको डा. केसीले जानकारी दिए ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्