
काठमाडौं : सेतो मछिन्द्रनाथको रथ यात्राको दोस्रो दिन आइतबार असनबाट तानेर हनुमानढोकास्थित कालभैरवसम्म पुर्याइँदै छ । शनिबारबाट सुरु भएको सेतो मछिन्द्रनाथको रथ साँझ ५ बजे जमलको तीन धाराबाट तानेर असनसम्म लगिएको थियो ।
भोलि तेस्रो दिन कालभैरवबाट तानेर लगनटोलसम्म पुर्याइन्छ भने चौथो दिन लगनमा रथ घुमाइन्छ ।
पाँचौँ दिन मूर्तीलाई सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ । उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन अनुसार रथलाई नगर घुमाउने गरिएको हो ।
वर्षा र सहकालका देवता मानिने सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास छ ।