नेकपाको एकीकृत अस्तित्व गम्भीर संकटमा : महासचिव पौडेल



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी फूटतर्फ उन्मुख भएको बताएका छन् ।

अध्यक्षद्वयबीच पछिल्लो पटक देखिएको विवादका कारण नेकपाको एकीकृत अस्तित्व गम्भीर संकटमा परेको महासचिव पौडेलले बताएका हुन् ।

केही दिन अगाडि दुवै अध्यक्षको सहमतिमा अर्थमन्त्रीको समेत जिम्मा पाएका महासचिव पौडेलले आइतबार दिउँसो ट्वीटमार्फत एकताका लागि योगदन गर्नसमेत सबैसँग आग्रह गरेका छन् ।

‘यतिबेला नेकपाको एकीकृत र अभिभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता तथा सदस्यहरु समक्ष अनुरोध गर्दछु’ महासचिव पौडेलको ट्वीटमा छ ।

त्यसोत प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार ११ दिनपछि सम्वाद तोडिएको थियो । शनिबार भेटमा अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गरेका थिए । योसँगै उनीहरुबीचको विवाद थप बढेको आंशका भइरहँदा महासचिव पौडेलले पार्टी एकतामा संकट आएको बताएका हुन् ।

प्रकाशित : कात्तिक १६, २०७७

प्रतिक्रिया दिनुहोस्