पञ्जाबले चेन्नइलाई दियो १ सय ५४ रनको लक्ष्य



काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले किंग्स ११ पञ्जाब र चेन्नइ सुपर किंग्सबीच खेल भइरहेको छ।

अबुधाबीस्थित शेख जायेद स्टेडियममा जारी खेलमा किंग्स ११ पञ्जाबले चेन्नइ सुपर किंग्सलाई १५४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको हो।

चेन्नइ केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।

प्रतिक्रिया दिनुहोस्