आईपीएल : चेन्‍नईको जित, पन्जाब समूह चरणबाटै बाहिरियो



काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत किङ्स इलाभेन पन्जाब समूह चरणबाटै बाहिरिएको छ । किङ्ग्स एलाभेन पञ्जाब चेन्नई सुपर किङ्ग्ससँग पराजित भएसँगै पन्जाब समूह चरणबाटै बाहिरिएको हो।

पञ्जाबले दिएको एक सय ५४ रनको लक्ष्य चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै भेट्यायो । ​

यसअघि आबुधाबीको शेख जयेद स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बनाएको थियो । पन्जाबले १४ खेलबाट १२ अंक जोडेको छ । चेन्नईले पनि १४ खेलबाट १२ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्