मुकेश चौरसिया हत्या आरोपमा उत्तम तिवारी पक्राउ



वीरगञ्ज : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता मुकेश चौरसिया हत्या आरोपमा उत्तम तिवारी पक्राउ परेका छन् । उनी मुख्य आरोपीमध्ये एक हुन् ।

नेकपा गाउँपालिकास्तरीय सपथ ग्रहण कार्यक्रममा कुटाकुट हुँदा गम्भीर घाइते भएका चौरसियाको मृत्युु भएसँगै अस्पतालबाटै फरार भएका विन्दबासिनी गाउँपालिका ५ प्रसौनीभाठाका तिवारीलाई प्रहरीले पक्राउ गरेको ।

घटनामा घाइते तिवारीले मुकेश चौरसियामाथि भाटा प्रहार गरेको पीडितका परिवारजनले किटानी जाहेरीमा उल्लेख गरेका छन् ।

लामो समयदेखि मुद्दा दर्ता हुन नसक्दा चौरसिया हत्याका आरोपितहरू फरार रहेका थिए । घाइते भएका उत्तम तिवारी नेशनल मेडिकल कलेजको आकस्मिक कक्षबाट आइसीयूमा सर्ने बेला प्रहरीलाई झुक्याएर भागेका थिए । उनीसँगै उनका भाइ चिन्टु तिवारीसमेत फरार भएका थिए ।

चौरसिया हत्या अभियोगमा कात्तिक ७ गते पूर्व सभासद् राजकुमार गुप्तासहित नेकपा का १२ जना नेता कार्यकर्ताविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत किटानी जाहेरी परेको थियो । जाहेरीपछि ३ जना बाहेकका अन्य फरार रहेका थिए ।

प्रकाशित : कात्तिक १७, २०७७

प्रतिक्रिया दिनुहोस्