रुसमाथिको प्रतिबन्धबारे आजदेखि सुनुवाई हुँदै



एजेन्सी : रुसमाथि लागेको प्रतिबन्धको सुनुवाई आजबाट सुरु हुने भएको छ ।

खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले रुसमाथि लागेको प्रतिबन्धको सुनुवाई आजबाट बिहीबारसम्म चल्ने बताएको छ ।

विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले गत वर्ष रुसलाई ठुला खेल प्रतियोगिता खेल्न ४ वर्षको प्रतिबन्ध लगाएको थियो । वाडाको प्रतिबन्धपछि रुसले कासमा अपील गरेको थियो र सुनुवाई कासले गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्