नारायणी अस्पतालका डा.अशोक कुशवाहाको निधन



वीरगंज : नारायणी अस्पतालमा कार्यरत एक चिकित्सकको निधन भएको छ । नारायणी अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर अशोक कुशवाहा निधन भएको हो ।

उनको ४३ वर्षको उमेर उपचारको क्रममा आइतवार दिउँसो साढे ३ बजे नारायणी अस्प्पतालमा निधन भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए ।

मृर्गौला पीडित डा.कुशवाहा ६ महिनादेखि डायलासिस गराउँदै आएका थिए । मधुमेह रोगको कारण मृर्गौलामा खराबी आएपछि उनी बिरामी परेका थिए । डा कुशवाहाको अचानक श्वासप्रश्वास बिग्रिएपछि निधन भएको नारायणी अस्पतालका आकस्मिक विभाग प्रमुख डा उदयनारायण सिंहले जानकारी दिएका छन् ।

प्रकाशित :१७ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्