अमेरिका निर्वाचन आज : बाइडन ट्रम्पभन्दा अघि



न्युयोर्क : अमेरिकामा आज (मंगलबार) राष्ट्रपतिय निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुँदैछ ।

मत सर्वेक्षणलाई आधार मान्ने हो भने डेमोक्रयाट उम्मेदवार बाइडन वर्तमान राष्ट्रपति ट्रम्पभन्दा अघि छन् । कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मतदाताको संख्या २४ करोड छ ।

अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ । हुलाक र अर्लि भोटिङ्गमार्फत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएको छ ।

यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले निर्वाचनमा सहभागिता जनाउने अनुमान गरिएको छ । आज हुने निर्वाचनमा संसदको स्वरुप पनि परिवर्तन हुने अपेक्षा गरिएको छ ।

एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट छ । उता तल्लो सदन भनेर चिनिने काँग्रेसका ४ सय ३५ मध्ये डेमोक्र्याटको २ सय ३२ सिटसहित वर्चस्व छ ।

यसपटक सिनेटको ३३ र काँग्रेसको सबै सिटका चुनाव हुँदैछ । सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको मात्रै चुनाव हुने गरेको छ भने काँग्रेसको हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था छ ।

प्रकाशित : कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्