पर्सामा थप कोरोना संक्रमितको मृत्यु



वीरगञ्ज : पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको धोबिनी गाउँपालिका–४ का ५० वर्षीय पुरुषको संक्रमणका कारण मृत्यु भएको हो ।

उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार दिउँसो वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना गरिएको थियो ।

सोमबार दिउँसो २ बजे भर्ना गरिएको उनको उपचारकै क्रममा सोमबार अपराह्न ४ बजेर ३० मिनेटमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

मृत्युपछि उनको स्वाब संकलन गरेर जीन एक्स्पर्ट विधिबाट पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डाक्टर चौरसीयाले बताए ।

योसँगै पर्सामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

प्रकाशित : कात्तिक १८, २०७७

प्रतिक्रिया दिनुहोस्