प्रदेश २ मा ५९ कोरोना संक्रमित थपिए, ४ जनाको मृत्यु



जनकपुरधाम : प्रदेश २ मा आज ५९ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमित ४ जनाको आज (मंगलबार) उपचारको क्रममा मृत्यु भएको हो । पर्साको धोबिनी गाउँपालिका ४ का ५० वर्षीय पुरुष, वीरगञ्ज महानगरपालिका ५, रेशमकोठीका ७६ वर्षीय पुरुष, सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका ५ का ६२ वर्षीय पुरुष र सोही जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ का ५३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।

मंगलबार प्रदेशका विभिन्न जिल्लामा ५९ जनामा कोरोना संक्रमण भएको निर्देशनालयले जनाएको छ । धनुषामा १८ जना, महोत्तरीमा ६ जना, सिरहामा ९ जना, सर्लाहीमा २ जना, रौतहटमा ४ जना, बारामा ४ जना, पर्सामा ४ जना, सप्तरीमा ९ जना र अन्य जिल्लामा ३ जना संक्रमित भएका हुन् ।

पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालहरुमा उपचार गराइरहेका ९४ जना संक्रमित कोरोनामुक्त भएका छन् । मंगलबार प्रदेशमा १ हजार २ सय ११ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित :१८ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्