जब टुथब्रश अचानक चिप्लिएर घाँटीमा पुग्यो…



एजेन्सी– साउदी अरेबियामा डाक्टरहरूको टोलीले शल्यक्रिया गरेपछि एक महिलाको पेटबाट टुथब्रश निकालेको छ । स्थानीय मिडिया रिपोर्ट अनुसार टुथब्रश निल्ने महिलालाई मक्काको ‘ए १ नूर अस्पताल’ मा उपचार गरिएको छ । पेटबाट टुथब्रश निकाले पछि महिलाले कसरी टुथब्रश पेटमा गयो भन्ने आफैले बताएकी छन् ।

२० वर्षीया महिलाले अस्पतालको आपतकालिन विभागका डाक्टरलाई बताइन् कि उनले ब्रश गर्दा अचानक टूथब्रश निलिन् । उनीले भनिन्– ‘ब्रश अचानक चिप्लियो र उसको घाँटीमा पुग्यो ।’ उनले ब्रश बाहिर तान्न कोसिश गरिन् तर गल्ती गर्दा ब्रश पेटमा गयो ।

महिला अस्पताल आइपुगेपछि उनको मेडिकल परीक्षण एक्स–रे र सीटी स्क्यान गरेका थिए । त्यसपछि डाक्टरहरूले महिलालाई अपरेशन थियेटरमा लैजान ढिलो गरेनन् । मात्र २० मिनेटमा गैस्ट्रोएन्टेरोलाजिष्ट डा. मोहम्मद फौजीको टोलीले ग्यास्ट्रोकोपीको माध्यमबाट उक्त महिलाको पेटमा टुथब्रश भेट्टाए ।

अस्पतालको स्वास्थ्य सेवाका सहायक निर्देशक डा मोतलख अल मालकीले टुथब्रश सफलतापूर्वक महिलाको पेटबाट हटाइएको र अब पूर्ण रूपमा उनी स्वस्थ रहेको पनि जनाएका छन् ।

उनीले भन्छन् कि योे पहिलो घटना भने होइन । केही महिना अघि अरुणाचल प्रदेशमा पनि ३९ वर्षीय एक व्यक्तिले १९ सेमी लामो टुथब्रश निलेका थिए । २४ घण्टाको कडा परिश्रम पछि डाक्टरहरूको टोलीले दाँत माझ्ने ब्रश पेटबाट बाहिर निकाल्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्