चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु



चितवन : जिल्लाको भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट थप एक जना संक्रमितको मृत्यु भएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८६ वर्षीय वृद्धको बिहीबार बिहान मृत्यु भएको हो ।

१५ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित : कात्तिक २०, २०७७

प्रतिक्रिया दिनुहोस्