कोरोनाले वडा अध्यक्ष शाहको निधन



धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका वडा नं.३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणका कारण निधन भएको छ ।

उनलाई १७ गते कोरोना पुष्टी भएकोमा १७ गते नै सेती प्रादेशीक अस्पतालको कोभिड आइसियूमा सिफ्ट गरिएको सेती प्रादेशीक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।

७३ वर्षीय शाहलाई कडा खाले निमोनिया रहेकोमा उनको आज बिहान ६ः२५ बजे मृत्यु भएको सुचना अधिकारी श्रेष्ठले बताए । शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य थिए ।

प्रकाशित :२१ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्