राष्ट्रपति बन्ने सम्भावना बढेपछि बाइडेनलाई कडा सुरक्षा



काठमाडौं : अमेरिकाको नयाँ राष्ट्रपति बन्ने सम्भावना बलियो भएपछि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई कडा सुरक्षा प्रदान गरिएको छ ।

हालसम्मको मतगणनालाई मध्यनजर गर्दा बाइडेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । वासिङ्टन पोस्टका अनुसार राष्ट्रपतिको निर्वाचन जित्ने अवस्थामा पुगेपछि बाइडेनलाई अमेरिकी गुप्तचर सेवाले कडा सुरक्षा प्रदान गर्न विशेष टोली खटाएको छ ।

प्रकाशित :२२ कार्तिक, २०७७

प्रतिक्रिया दिनुहोस्