उपत्यकामा १५१२ सहित देशभर २७५३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्टामा थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा १ लाख ९१ हजार ६ सय ३६ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालमा २४ घण्टामा थप १७ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७ जना पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा थप १ हजार ५१२ कोरोना संक्रमित देखिएको छ । संक्रमित पुष्टि हुनेमा ६२५ महिला र ८८७ पुरुष रहेका छन् । जसमध्ये काठमाडौंमा १ हजार २९०, भक्तपुरमा ७७ र ललितपुरमा १४१ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यसैगरी २४ घण्टामा २ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको १ लाख ५५ हजार ११४ संख्या पुगेको छ । देशभरी सकृय संक्रमितको संख्या हालसम्म ३५ हजार ४३५ छ ।

मन्त्रालयका अनुुसार हालसम्म पीसीआर विधिबाट १५ लाख २७ हजार ७६६ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार १४४जना रहेका छन् ।

प्रकाशित : कात्तिक २२, २०७७

प्रतिक्रिया दिनुहोस्