काठमाडौंमा अन्तर्रा्ष्ट्रिय स्तरको ‘ज्वेलरी एक्स्पो’ हुने



काठमाडौँ : काठमाडौँमा ‘नेपाल अन्तर्राष्ट्रिय जेम एण्ड ज्वेलरी एक्स्पो’ आयोजना हुने भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आगामी जेठ ३, ४ र ५ गते एक्स्पो आयोजना गर्ने जनाएको छ। खानी तथा भूभर्ग विभागको सहकार्यमा हुने एक्स्पो काठमाडौँको लैनचौरस्थित विभाग परिसरमै आयोजना हुनेछ। 

नेपाली गरगहनाको मौलिकता, विविधता, विशिष्टता आदि पक्षलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पनि उजागर गर्ने उद्देश्यले एक्स्पो आयोजना गर्न लागिएको महासङ्घका अध्यक्ष रमेश महर्जनले जानकारी दिए। मेलामा भारत, चीनलगायत एसियाली र युरोपियन मुलुकहरूसहित गरी ७० वटा कम्पनीहरूले भाग लिने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्