धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु



सुनसरी : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–२ का ४२ वर्षीय पुरूषको मंगलबार दिउँसो मध्याह्न १२ः३० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक १४ गते भर्ना भएका उनीमा १६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : कात्तिक २५, २०७७

प्रतिक्रिया दिनुहोस्