एनसेलले ब्याजसहित अब ३९ अर्ब ६ करोड तिर्नुपर्ने



काठमाडौ‌ : ठूला करदाता कार्यालयले सर्वोच्चको फैसलाअनुसार एनसेलको लाभकर दायित्व निर्धारण गरेको छ । कार्यालयको नयाँ निर्धारणअनुसार एनसेलले कुल ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ लाभकर तिर्नुपर्नेछ।

यसअघि एनसेलले कर तथा विलम्ब शुल्कसहित २३ अर्ब ५७ करोड ४२ लाख ७५ हजार ५ सय ६६ भुक्तानी गरिसकेको छ । कूल रकममा यो रकम घटाउँदा अब एनसेलले ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने देखिएको ठुला करदाता कार्यालयले जानकारी दिएको छ । 

सर्वोच्चले ८० प्रतिशत शेयर बिक्री गरेको कम्पनी टेलिया सोनेरा स्वीडेनलाई कर नलाग्ने फैसला गरेपछि कार्यालयले एनसेलले नै लाभकर तिर्नुपर्ने भन्दै पुनः कर निर्धारण गरेको हो । 

ठुला करदाता कार्यालयले कर निर्धारण गरेको सूचना एनसेलले मंगलबार नै बुझेको छ । कार्यालयका अनुसार  ब्याज ८ अर्ब ३९ करोड ८ लाख १२ हजार ३ सय ४२ रुपैया निर्धारण गरेको छ । २०७४ वैशाख २६ देखि २०७४ जेठ २१ सम्मको पुँजीगत लाभकर बापत अग्रीम २१ अर्ब ५४ करोड ८० लाख ५५ हजार ९ सय तिरेको थियो । बिलम्व शुल्क बापत २ अर्ब २ करोड ६२ लाख ३४ हजार ८ सय ५१ रुपैया बुझाएको थियो । कार्यालयले उक्त रकम घटाएर अब ३९ अर्ब थप बुझाउनु पर्ने लाभकर निर्धारण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्