नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघ्यो



काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप २५ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २३ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर १६ सय ६६ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ७४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका १२६१ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंका ९७६, भक्तपुरका ८१ र ललितपुरका २०४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।

प्रकाशित : कात्तिक २६, २०७७

प्रतिक्रिया दिनुहोस्