हङकङका प्रजातन्त्रवादी सांसदहरुले दिए सामूहिक राजीनामा



एजेन्सी : चीनले चार प्रजातन्त्रवादी सांसदलाई पदबाट हटाएपछि हङकङका प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका छन् ।

बुधबार बेइजिङ्गले राष्ट्रिय सुरक्षामा जोखिम ल्याउने राजनीतिज्ञलाई बर्खास्त गर्न पाउने अधिकारसहितको नयाँ व्यवस्था बेइजिङ्गले पारित गरेको थियो । त्यस लगत्तै हङकङका विपक्षी प्रजातन्त्रवादी सांसदहरुले सामूहिक राजीनामा दिएका हुन् ।

सन् १९९७ मा बेलायतले चीनलाई हस्तान्तरण गरेपछि हङकङको संसद पहिलोपटक विपक्षी आवाज बिहीन भएको हो । अन्तर्राष्ट्रिय समाचारहरुका अनुसार चीनले पछिल्ला दिनमा हङकङको स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लाग्दै आएको छ ।

चार सांसदलाई बर्खास्त गरिनु त्यसको पछिल्लो प्रयास रहेको विज्ञले बताएका छन् । हङकङ चीनकै भाग भए पनि त्यहाँ स्वतन्त्र स्थानीय सरकार रहेको छ ।

बेलायतको उपनिवेश रहेको हङकङलाई सन् १९९७ मा सन् २०४७ मा एक देश दुई प्रणाली रहने गरि चीनलाई हस्तान्तरण गरिएको थियो ।

हङकङको संसदमा ७० मध्ये १९ सिटमा प्रजातन्त्रवादी सांसद थिए । उनीहरु मध्ये चारजनालाई चीनको नयाँ नियमसँगै बर्खास्त गरियो । बाँकीले सामूहिक राजीनामा दिए ।

प्रकाशित : कात्तिक २७, २०७७

प्रतिक्रिया दिनुहोस्