उपत्यकामा ९७३ सहित देशभर १९१३ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा थप १९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४२ सय ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर २३ सय ४९ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ पुगेको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख ८४ हजार २ सय १७ परीक्षण भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८९ पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकामा थप ९ सय ७३ कोरोना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहीबार संक्रमित पुष्टि हुनेमा ४ सय २८ महिला र ५ सय ४५ पुरुष रहेका छन् ।

काठमाडौंमा ७६४, भक्तपुरमा ८३ र ललितपुरमा १२६ जना नयाँ संक्रमित थपिएका हुन् ।

प्रकाशित : कात्तिक २७, २०७७

प्रतिक्रिया दिनुहोस्