हुम्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि



सिमकोट : हुम्लाको नाम्खाका थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार जनामा कोरोना पुष्टि भएको दुई दिनपछि नाम्खा गाउँपालिकाका थप ८ जनामा कोरोना देखिएको हो । सुर्खेतमा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण देखिएको हो ।

अघिल्लो चार जनामा कोरोना पुष्टि भएको पालिका केन्द्रमा रहेको याल्वाङको महावौद्ध माविकै अरु ८ जनामा कोराना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए । हुम्ला जिल्लाकै निक्कै सुरक्षित ठानिएको नाम्खा गाउँपालिकाको समुदायमा कोरोना देखिएको छ । संक्रमण थप नफैलियोस् भन्नका लागि पालिका बन्द गरिएको छ ।

कोरोना संक्रमण भेटिए लगत्तै नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङ र उक्त विद्यालयको छात्राबास सिल गरिएको छ ।

प्राशित : कात्तिक २९, २०७७

प्रतिक्रिया दिनुहोस्