नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १२१५ पुग्यो



काठमाडौं : कोरोना संक्रमणबाट शनिबार थप १३ जनाको निधन भएको छ ।

योसँगै नेपालमा कोरोनाबाट निधन हुनेको संख्या १२ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार १९ सय ४६ जना कोरोना संक्रमित भएका छन् । त्यसैगरी संक्रमणमुक्त भएर २५ सय तीनजना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको संख्या ३६ हजार चार सय ५२ पुगेको छ ।

प्रकाशित : कात्तिक ३०, २०७७

प्रतिक्रिया दिनुहोस्