सर्लाहीमा आगलागीबाट २९ लाख बाराबरको क्षति



जनकपुरधाम : सर्लाहीको विभिन्न स्थानमा आगलागी हुँदा करिब २९ लाखको क्षति भएको छ ।

दीपावलीको राति मैनबत्तीबाट आगो सल्की तथा विद्युतीय सर्टसर्किट भइ आगलागी हुँदा करिब २९ लाख बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

शनिबार राति सर्लाहीको गोडैता नगरपालिका–८ स्थित रोकी राखेको ना.७ ख.३५१५ नम्बरको बसमा बसकै ब्याट्रीको करेन्ट सट भई आगलागी हुँदा करिब ८–१० लाखको क्षति भएको प्रवक्ता कुँवरले जानकारी दिए ।

त्यस्तै सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–१ बस्ने निरज साहको गोठ घरमा बालेको मैनबत्तीबा आगलागी हुँदा गोठमा रहेको एक पाडो, चारवटा बाख्रा मरेका छन् ।

यसैगरी सर्लाहीको बाग्मती नगरपालिका–१ डुमाजोर बस्ने सुनिल तामाङको घरमा लक्ष्मी पूजा गर्न बालेको मैनबत्तीका कारण काठको कच्ची दुई तल्ले घर पूर्ण रुपमा जली नष्ट भएको छ । यस्तै घरमा रहेको अनपात, काठ, फर्निचर गरी अन्दाजी ८ लाख बराबरको क्षति भएको छ ।

सर्लाही बरहथवा नगरपालिका– ७ स्थित बरहथवा बजारमा मोहमद मफुज आलमको आरसी कम्प्लेक्समा, मनोज कुशवारले संचालन गरेको गन्तव्य शु–सेन्टरमा विद्युतीय सर्ट सर्किट भई आगलगी हुदाँ करिब १० लाख मूल्य बराबरको जुत्ता चप्पलहरु जलेर नष्ट भएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिए ।

प्रकाशित : कात्तिक ३०, २०७७

प्रतिक्रिया दिनुहोस्