एम्बुलेन्स खरिदका लागि रकम सङ्कलन



तनहुँ : नेपाल रेडक्रस सोसाइटी दुम्सीकोट उपशाखा व्यास नगरपालिका–१० ले शुरु गरेको सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि सहयोग आउने क्रम जारी छ । ‘असहज परिस्थितिमा पनि पुण्यदान, दुःखमा एम्बुलेन्स सेवा हाम्रो अभियान’ भन्ने नाराका साथ सोसाइटीले यो अभियान थालेको हो ।

विभिन्न सङ्घसंस्था र व्यक्तिहरुबाट सामुदायिक एम्बुलेन्स खरिदका लागि हालसम्म रु सात लाख ४० हजार सहयोग रकम जुटिसकेको उपशाखा सभापति रामदत्त पौडेल बताए । सामुदायिक एम्बुलेन्स सेवा सञ्चालनका लागि हालसम्म अधिकतम सहयोग गर्ने व्यास–१० दुम्सीकोट निवासी अन्जु गिरी क्षेत्रीले रु ५० हजार ११५ सहयोग गरेका छन् ।

सोसाइटी थालेको सो अभियानमा व्यक्तिदेखि सङ्घसंस्थाहरु खुलेर सहयोगमा जुटेको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । पछिल्लो समय विदेशमा रहेका नेपालीले समेत यस पुण्य कार्यमा सहयोग गर्दै आएको बताइएको छ । गत भदौ १९ गतेदेखि रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा एम्बुलेन्स खरिदको लागि अभियान थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम शनिबार सामान्यतया सफा रहने जनाएको छ

काठमाडौं : युवा क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जाल

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जना

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमुखी

दाङ : हिजो (बिहीबार)सम्म दाङमा २८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । २१ हजार

काठमाडौं : भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको

गुल्मी : इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।सदरमुकाम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको

काठमाडौं : १६ दिने अभियानका क्रममा गल्र्स किक र ग्लोबल एक्सन नेपालको आयोजनामा साइकल र्‍याली

काठमाडौं : यो संसारमा हरेक मानिस केही न केही सिप र कला लिएर जन्मेका हुन्छन्

काठमाडौं :सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

दमौली : म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी मिलनचोकमा