कोरोना संक्रमणबाट दुई जना वरिष्ठ डा.को मृत्यु



काठमाडौं : कोरोना संक्रमणबाट दुई जना वरिष्ठ डाक्टरको मृत्यु भएको छ । वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा. डा. सुनिल झा र डा. नारायणबहादुर थापाको मृत्यु भएको हो ।

झा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान–आईओएमका प्राध्यापक समेत हुन् । उनको त्रिवि शिक्षण अस्पतालका उपचारका क्रममा सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपाल वर्न सोर्याटी तथा इशान हस्पिटलका अध्यक्ष डाक्टर नारायणबहादुर थापाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ।

झाको आज बिहान निधन भएको र थापाको गएराति निधन भएको मन्त्रलायले जनाएको हो । उनीहरु कोरोना संक्रमितको उपचारकै क्रममा निधन भएको हो ।

प्रकाशित : मंसिर २, २०७७

प्रतिक्रिया दिनुहोस्