नेपालले बंगलबादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै



काठमाडौं : नेपालले मंगलबार बंगलबादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै छ । बंगलादेशस्थित बंगबन्धु रंगशालामा आज अपराह्न पौने ५ बजे दोस्रो मैत्रीपूर्ण खेल हुन लागेको हो ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको थियो । बालगोपाल महर्जनको प्रमुख प्रशिक्षणमा रहेको नेपाली टोलीले दोस्रो खेल जित्ने लक्ष्य लिएको छ ।

नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण खेललाई कतार विश्वकप छनोटको तयारीस्वरूप लिएको छ । कतार विश्वपकपका लागि एसियाली छनोटअन्तर्गत नेपालले ३ खेल खेल्न बाँकी छ । समूह ‘बी’ रहेको नेपालले अब चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी रहेको हो ।

प्रकाशित : मंसिर २, २०७७

प्रतिक्रिया दिनुहोस्