‘पायोनियर मोटो कर्प’को ठगि धन्दा



काठमाडौं– गाडी किन्दा तपाई हामीले विचार गर्नुपर्छ कि गाडी लिइसकेपछि गाडीमा लाग्ने पार्टसको उपलब्धता सहज हुन्छ वा हुँदैन् ? गाडीको दशैंतिहार अफर र विज्ञापनहरूमा झुक्किनु भयो भने तपाईलाई पछि पछुतो हुन सक्छ ।

त्यस्तै घटना नेपालमा पायोनियर मोटो कर्प प्रा.लिले डाटसनको डिलरसँग मेल हुन्छ । र त्यसमा आएको डाटसन रेडी गोको दशैं तिहार अफर र काठमाडौंको ठाँउठाँउमा राखिएका होडिङ बोर्डको विज्ञापनले तपाई हामीको मन लोभ्याउँछ ।

त्यही विज्ञापन हेरेर आफ्नो मन लोभ्याउनु भयो भने पछि तपाई निराश हुनुपर्ने हुनसक्छ । सोरुमले झुक्काएर तपाईलाई प्रलोभनमा पार्न सक्छ र तपाईमा भ्रम सिर्जना हुन्छ ।

ग्राहक डाटस्न गोको प्रमोसन सोसल मिडिया र होर्डिङ बोर्डमा हेरेर सोरुममा बुझ्न गए । ग्वार्कोस्थित डाटसनको सोरुममा पुग्दा सेल्सम्यानले यो नयाँ गाडी भएतापनि त्यसको सबै पार्टस उपलब्ध छ ‘म तपाईलाई लेखेर दिन्छु’ भनेर दाबी गरेपछि ग्रहाकले थापाथलीस्थित डाटसनको सोरुमबाट गाडी लिए ।

केहीदिन पछि गाडी दुर्घटनामा प¥यो र अब त्यो गाडीको पार्टसहरू उपलब्ध छैन । गाडीको पार्टसहरू आउनको लागि महिना दिन लाग्ने डाटसनको खुमलटारस्थित सर्भिस सेन्टरले बतायो ।

अब ग्राहकले त्यसको गुनासो सर्भिस सेन्टर, सोरुम र डिलरको मालिक सन्दिप सारदसम्म पु¥यायो । तर कसैले पनि वास्ता गरेनन् । यतिसम्म कि सन्दिप सारदाले गुनासो सुन्नु त परको कुरा उनले त ग्राहकको मोबाइल नम्वर नै ब्लक गरिदिए ।

प्रतिक्रिया दिनुहोस्