विवाहको लागि यसकारण डराउछिन् जापानकी राजकुमारी !



जापानकी राजकुमारीले पुनः विवाह स्थगित गरिदिएकी छन् । जापानकी राजकुमारी माको जो लगभग ७ वर्षदेखि आफ्ना प्रेमीसँग विवाह गर्न पर्खिरहेकी छिन् उनको नियमका कारण फेरि विवाह स्थगित गर्नुप¥यो ।

वास्तवमा जापानको नियम र शाही परिवारको परम्परा अनुसार राजकुमारी माकोले बाहिरी मानिससँग बिहे गरेमा उनीले आफ्नो राजकुमारीको स्थिान त्याग्नुपर्ने र उनी सामान्य मानिसजस्तै बस्नुपर्नेछ भन्ने डरले गर्दा राजकुमारीले फेरि एकपटक आफ्नो प्रेमीको विवाहलाई केहि दिनको लागि स्थगित गरेकी छिन् ।

राजकुमारी माकोले उनले फेरि आफ्नो विवाह स्थगित गरेको घोषणा गरेकी हुन् । २८ वर्षीया राजकुमारीले २०१७ मा पनि उनको विवाह स्थगित गरिसकेका थिईन् । यस पछि राजकुमारी माको थप अध्ययनको लागि बेलायत गएकी थिइन् ।

यदि हामी उनको प्रेमीको बारेमा कुरा गर्छौं भने उसको नाम कइ कोमूरो हो जसले समुद्री किनारमा पर्यटनलाई बढावा दिन्छ । कोमुरे स्कीइंग पनि गर्छ र उनलाई भोयल र खाना बनाउन् धेरै मनपर्दछ । कोमुरोसँग विवाह स्थगित गरेपछि राजकुमारी माकोले भविष्यमा हुने योजनाको बारेमा अहिले नै केही भन्न गाह्रो रहेको बताएकी छन् भने आफूहरू एक अर्का बिना बाँच्न नसक्ने पनि उल्लेख गरेकी छन् । उनले राम्रा र नराम्रो समयमा सँगै बस्ने र एक अर्कालाई सहयोग गर्ने पनि बताएकी छन् ।

शाही परिवारमा अन्तिम पटक राजकुमारीको उपाधि राजकुमारी सायकी फुपु बुका स्योकाबाट फिर्ता लिईयो । जब राजकुमारी स्योकोले २००५ मा टोकियोका अधिकारीसँग विवाह गरिन् । तिनीहरूका सबै शाही सुविधाहरू पनि खेसियो ।

यस विवादास्पद परम्परा अन्तर्गत एक साधारण मानिससँग विवाहको कारणले गर्दा माकोले शाही परिवारका अरु महिला सदस्यहरू जस्तै आफ्नो शाही स्थिान गुमाउनु पर्नेछ । तर यो कानून शाही पुरुषहरूमा लागू हुँदैन ।

राजकुमारी माकोले डरका कारणले गर्दा धेरै समय सम्म उनको र प्रेमको सम्बन्धलाई गोप्य राखेकी थिइन् । २०१३ मा उनको प्रेमीले उनलाई विवाह प्रस्ताव राखेका थिए । राजकुमारीका बुबाले आफ्नी छोरीको बिहे हुन्छ वा हुँदैन भनेर उनलाई थाहा नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्