३११२ नमुना परीक्षण गर्दा ५०२ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३११२ नमुना परीक्षण गर्दा २०४ महिला र २९८ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ३३९ जना थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ ।

उनीहरुमध्ये १२४७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये मंगलबार थप १७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।

यसैगरी नेपालमा कुल १ लाख ७९ हजार २४२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३० हजार ९८६ सक्रिय संक्रमित छन् ।

प्रकाशित : मंसिर २, २०७७

प्रतिक्रिया दिनुहोस्