प्रदूषण फेल भएका २४ गाडीलाई कारबाही 



काठमाडौँ : ट्राफिक प्रहरीले प्रदूषण फेल भएका २४ वटा गाडीलाई कारबाही गरेको छ। बुधवार बल्खुमा ५२ वटा सवारी साधनहरूलाई प्रदूषण चेक जाँच गर्दा २४ वटा फेल भएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले लागू गरेको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्य योजना–२०७५’ अन्तर्गत चेकजाँचका क्रममा गाडीलाई कारबाही गरिएको हो।

ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक व्यवस्थापन र सुधारका लागि गत चैत २१ गतेदेखि यो अभियान अगाडि बढाएको छ। यस अभियान अन्तर्गत उपत्यकामा गुड्ने गाडीसहित विभिन्न जिल्लाबाट उपत्यका भित्रने सार्वजनिक र निजी गाडीको प्रदूषण जाँच गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराम सापकोटाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्