मिस युनिभर्स नेपालको उत्कृष्ट ५० जनाको छनोट



काठमाडौं : मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालका लागि उत्कृष्ट ५० जनाको छनोट गरेको छ ।

५ सयभन्दा बढी आवेदकबाट छानिएका ९७ क्वालिफायरहरुले अपलोड गरेको बायो, फोटो र भिडियोका आधारमा उत्कृष्ट ५० को छनोट गरेको हो । जसको घोषणा गत कार्तिक २८ गते एपी वान र युट्युबाट भएको लाइभ कार्यक्रमबाट नग्मा श्रेष्ठ र सुभेक्षा खड्काले गरेका थिए ।

मिस यूनिभर्स नेपालका विजेताले १० लाख रुपैयाँ नगद प्राप्त गर्ने छन् । यो नेपाली सौन्दर्य प्रतियोगितामध्यकै सर्वाधिक धनराशी हो ।

प्रकाशित :३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्