पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु



काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १४ सय ४२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १२ हजार ९१७ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२५९ पुगेको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा थप १ हजार ३८ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४०३ महिला र ६३५ पुरुषलाई कोरोना पुष्टि भएको हो ।

थपिएका नयाँ संक्रमितहरुमध्ये काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ जना छन् ।

प्रकाशित : मंसिर ३, २०७७

प्रतिक्रिया दिनुहोस्