हामीले सरकार चलाउन सकेनौँ, सामूहिक राजीनामा दिउँ : विष्णु पौडेल



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टीको केन्द्रीय सचिवालय बैठकमा आफूहरु असफल भएको भन्दै सामूहिक राजीनामा गर्न प्रस्ताव गरेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा महासचिव पौडेलले सो प्रस्ताव गरेका हुन् ।

‘हामीले सरकार पनि चलाउन सकेनौँ । पार्टी पनि चलाउन सकेनौँ । यसरी चलाउनुभन्दा सामूहिक राजिनामा दिउँ । नयाँ पुस्तालाई हस्तान्तरण गरौँ’, बैठकमा पौडेलले गरेको प्रस्ताव उद्धृत गर्दै एक सहभागीले बताए ।

पार्टी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत असन्तुष्ट समूहले बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधर पौडेललगायतका नेताहरु अन्तिम समयमा मात्र सहभागी भएका थिए ।

प्रकाशित : मंसिर ३, २०७७

प्रतिक्रिया दिनुहोस्