कोरोना संक्रमणबाट हानका निवर्तमान अध्यक्ष शाक्यको निधन



काठमाडौं : कोरोना संक्रमण भएका होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको निधन भएको छ ।

७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ओम अस्पतालमा मृत्यु भएको हो । दशैंपछि कोरोना संक्रमण पुष्टि भएका शाक्यमा निमोनिया देखिएको थियो । शाक्य सोल्टिमोडस्थित अमर होटेलका संचालक थिए ।

प्रकाशित : ५ मंसिर,२०७७

प्रतिक्रिया दिनुहोस्