समुदायस्तरमा कोरोना फैलिन थालेपछि सल्यानको मुख्य बजार क्षेत्र सिल



सल्यान : समुदाय स्तरमा कोरोना संक्रमण देखिन थालेपछि जिल्लाको मुख्य बजार सिल गरिएको छ । समुदाय स्तरमा कोरोना देखिएपछि जिल्लाका विभिन्न पालिकाका कार्यालय र मुख्य बजार सिल गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख केश बहादुर बिष्टलाइ कोरोना पोजेटिभ देखिएपछि उनी हाल कोहलपुरको एक अस्पतालमा उपचाररत छन् ।

यस्तै कालिमाटी गाउँपालिकाका उपाध्यक्ष सनशीलता वली, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर केसी, वडा सचिप प्रदिप केसी लगायत अन्य कर्मचारीमा कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा छन् ।कालि

माटी गाउँपालिकामा यसअघि पनि केही कर्मचारीलाइ कोरोना पोजेटिभ देखिएपछि मंसिर ३ गतेदेखि गाउँपालिकाको कार्यालय र आसपासको क्षेत्र सिल गरिएको छ ।

शारदा नगरपालिका–१ का वडा अध्यक्ष लगायत केही स्थानीयमा कोरोना पोजेटिभ देखिएपछि कात्तिक २९ गतेदेखि जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर सिल गरिएको छ । यस्तै कात्तिक २७ गतेदेखि बागचौर नगरपालिका सहित मुख्य बजार क्षेत्र थारमारे, वागचौर लगायतका क्षेत्र सिल गरिएको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानमा समेत अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मीका साथै अन्य कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कात्तिक २९ गतेदेखि आकस्मिक सेवा बाहेकका अरु सेवाहरु बन्द गरेको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।

हालसम्म जिल्लामा ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ५७ रहेको छ । त्यसैगरी अहिलेसम्म पाँच सय ५० जना निको भएर डिस्चार्ज भइसकेका छन् । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ ।

प्रकाशित : मंसिर ६, २०७७

प्रतिक्रिया दिनुहोस्