छुट्टाछुट्टै स्थानबाट २४ जना जुवाडे पक्राउ



काठमाडौं : विभिन्न स्थानबाट २४ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको ब्यास नगरपालिका १३ बेलबासस्थित बलराम रानाको घरमा तास खेलिरहेका रानासमेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई २ सय ७० पत्ती तास र नगद २६ हजार २ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

यसैगरी मोरङको रतुवामाई नगरपालिका ८ सिक्किमे टोल बस्ने ३५ वर्षीय सागर गडतौलाको घरमा जुवातास खेलिरहेका गडतौलासहित १६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले नगद १ लाख ६९ हजार ६ सय ९५ रुपैयाँ, १ बुक तास, १६ थान कौडा, १७ थान मोबाइल र उनीहरु सवार सवारी साधन समेत बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित : ६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्