कैलालीका ४५ सहित ५१ जनामा कोरोना पुष्टि



धनगढी : सेती प्रादेशीक अस्पतालमा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ३७७ जनाको कोरोना परिक्षण गरिएकोमा थप ५१ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा १७ महिला ३४ पुरुष रहेको सूचना अधिकारी श्रेष्ठ जानकारी दिए । संक्रमण पुष्टी हुनेमा उपमहानगरपालिकाको वडा नं.२ का ७ जना, वडा नं.५ का ५ जना, वडा नं.१ का ३ जना, वडा नं.११ का २ जना, वडा नं.३, ४, ७, १२, १६ र १८ का १र१ जनामा संक्रमण देखिएको जानकारी दिए । वडा नखुलेका धनगढीका ४ जनामासमेत कोरोना पुष्टि भएको छ ।

कैलालीको टीकापुरका १६ जना, गौरीगंगाका एक र कैलालीको स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी भएको छ । कञ्चनपुरको भीमदत्त ५ र बेलडाडीका एक जनामा पनि संक्रमण पुष्टी भएको छ ।

प्रकाशित : ६ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्