सरकारविरुद्ध माइतीघरमा प्रदर्शन



काठमाडौं : काठमाडौंको माइतीघर मण्डलामा विभिन्न २२ राजनीतिक दलले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

यसअघि पनि पटक–पटक विरोध प्रदर्शन गर्दै आएका उनीहरुले आइतबार दिउँसो विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा उनीहरुले–‘खस समुदायलाई आदिवासीमा सूचिकृत गरियोस्, हत्या हिंसा बन्द गर, वैदेशिक हस्तक्षेप बन्द गर, देशमा मौलाएको भ्रष्टाचार बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

प्रकाशित : मंसिर ७, २०७७

प्रतिक्रिया दिनुहोस्